कास्की मोडनाइज्डमा स्वागत तथा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५
kaski mode

पोखरा, ७ साउन। कास्की मोडनाइज्ड एकेडमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ।

कार्यक्रममा विज्ञान विषय महत्वबारे शिक्षक सुरेन्द्र अधिकारी र राजेन्द्र बसौलाले प्रकाश पारेका थिए भने व्यवस्थापनबारे शिक्षक बाबुराम लामिछाने र ठाकुर पोखरेलले अभिमुखीकरण गरे।

विद्यालयले प्रदान गर्ने शैक्षिक तथा सुविधा र अनुशासनको बारेमा दशजोड दुर्इ संयोजक शिवलाल उपाध्यायले प्रकाश पारे।

अध्यक्ष आसनबाट विद्यालयका प्राचार्य रामबहादुर मोचीले सैद्धान्तिकभन्दा व्यवहारिक विषय महत्वपूर्ण भएको बताए।

उनले विद्यालयमा भर्ना भएका मिस्टर एसर्इइ आइकनद्वारा आयोजित कार्यक्रममा नेपाल प्रथम सफल क्षेत्री र मिस एसइइ विजेता वीन्ती गुरुङलाई विद्यालयले ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा समेत गरे।

कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी प्रीजा गुरुङ र शिक्षक शिवु ढकालले गरेका थिए ।

धन्यवाद ज्ञापन पूजा रानाभाटले गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी इशा गुरुङ र आयुषा घलेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width