छोरेपाटनमा लुम्बिनी विकास बैंकको एटिएम 

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५

पोखरा, ७ साउन । लुम्बिनी विकास बैंकले छोरेपाटनस्थित बैंकको शाखामा एटिएम सेवा विस्तार गरेको छ। बैंक सञ्चालक सुशीलराज पराजुलीले एटिएमबाट पैसा निकालेर सो सेवा उद्घाटन गरे।

लुम्बिनी बैंकले पोखरामा १० वटा शाखामा मार्फत सेवा दिँदै आएको छ। बैंकको यो पोखरामा तेस्रो एटिएम सेवा हो।

बैंकले यसअघि पोखरा न्युरोड र महेन्द्रपुलबाट एटिएम सेवा प्रदान गर्दै आएको सञ्चालक पराजुलीले जानकारी दिए। उनले एटिएमको  र्टर्मिनल मार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसाकार्डमा आवद्ध अन्य बैंक वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्ने बताए। बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारबाट सञ्चालन भई देशका विभिन्न जिल्लामा ६५ शाखा र १३ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको पराजुलीको भनाइ छ। बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, एएसबिए लगायतका सम्पुण्ा बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ। बैंकले आर्थिक वर्ष २०७४/७५ मा ६५ करोड सञ्चालन मुनाफा आर्जन गरेको उनले बताए।

एटिएम उद्घाटन अवसरमा पोखरा  १७ का वडाअधयक्ष तीर्थराज अधिकारीले खुशी व्यक्त गरे। छोरेपाटन क्षेत्रमै पहिलो एटिएम सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई सुविधा हुने लुम्बिनी विकास बैंक लिमिटेड छोटेपाटन शाखाका प्रमुख रामचन्द्र बरालले बताए। उनले यस क्षेत्रमा एटिएम मेसिन नहुँदा सेवाग्राही अन्यत्र जानुपर्ने बाध्यता अब हटेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width