‘अटलबहादुरको आतंक’ मञ्चन

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७५
drama 3

पोखरा, ७ साउन । पोखरा थिएटरको तेस्रो प्रस्तुति ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन शुरु भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नाटक मञ्चन कार्यक्रमको शुरुवात गरे । नाटक हेरिसकेपछि उनले नाटकले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको जानकारी दिए। नाटक विधालाई माथि उठाउन व्यक्तिगत रुपमा नाटकघर सञ्चालन गरेकोमा उनले पोखरा थियटर परिवारप्रति धन्यवाद दिए ।

आफूले धेरैपछि नाटक हेरेको जानकारी दिँदै उनले निर्देशक, लेखक, कलाकार तथा पोखरा थिएटर सञ्चालकले गरेको मेहनतबाट प्रभावित भएको बताए।

खगेन्द्र लामिछाने निर्देशित नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्दरमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, वविता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सूर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, ध्रुव रोका, धीरेन्द्र पुन, प्रतीक घिमिरेको अभिनय देख्न सकिन्छ ।

परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक साउन १६ गतेसम्म दैनिक प्रस्तुत हुनेछ । नियमित रुपमा साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त शो समेत देखाइनेछ । नाटक डेढ घण्टा लामो छ ।  नाटक हेर्न विद्यार्थीले २ सय तथा सर्वसाधरणले ३ सय र पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width