पोखरा, ७ साउन। कंगारु एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई वैदेशिक शिक्षासम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले काठमाडौं र पोखरामा कंगारु एजुकेशन फेयर आयोजना गर्ने भएको छ।
फाउण्डेशनले काठमाडौंस्थित केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड, पुतलीसडकमा साउन १६ गते फेयर गर्दैछ । जसमा अष्ट्रेलिया, अमेरिका, क्यानाडा, न्यूजिल्याण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजको सहभागिता रहने फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले जानकारी दिए। यस्तै, कंगारु एजुकेशनको शाखा कार्यालय चिप्लेढुंगास्थित सेलवेज टावरमा साउन १८ र १९ गते एजुकेशन फेयर आयोजना गरिने पोखरा शाखा प्रमुख टीआर काफ्लेले जानकारी दिए।
फेयरमा सहभागी सम्पूर्ण विद्यार्थी तथा अभिभावकले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी अन्तक्रिर्या सहित त्यस देशको जीवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति, परिपक्व डकुमेन्टेसन मापmत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ।
प्रवेश निःशुल्क रहने फेयरमा विद्यार्थीलाई विशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिनेछ। पोखरामा फेयर बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ। फेयरमा आइडीपी र सिर्द्धार्थ बैंक पनि सहभागी हुन लागेकाले अंग्रेजी भाषा परीक्षा रजिष्ट्रेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, ब्रि्रेषण सेवासम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावक लाभान्वित हुन सक्नेछन्।
कंगारु ऐजुकेशन फाउण्डेशनको केन्द्रिय कार्यालय सहित नेपालका विभिन्न सहरमा ७ शाखा कार्यालय तथा अस्ट्रेलियामा २ र बंगलादेशको ढाकामा १ शाखा कार्यालय सञ्चालन गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१