ज्ञानको आँखा नदेख्ने दृष्टिविहीन : मन्त्री थापा

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
shama drista 5

लेखनाथ, ५ साउन । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ज्ञानको आँखा नदेख्नेहरु नै वास्तवमा दृष्टिविहीन भएको टिप्पणी गरेका छन् ।

नेत्रहीन संघ कास्कीद्वारा संचालित समदृष्टि बचत तथा ऋण सहकारी संस्थाको आठौं वाषिर्क साधारण सभा शनिवार उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले मानिसका २ आँखाले देखे पनि भित्री ज्ञानको आँखाले दया, माया, न्याय र अन्याय छुट्ाउन नसक्ने नै वास्तवमा दृष्टिविहीन भएको उनको भनाइ छ ।

जग्गा बाँझो राख्नेलाई बढी करको व्यवस्था गर्ने गरी भूमिसम्बन्धी नियम बन्न लागेको जानकारी गराउँदै उनले गण्डकी प्रदेशको २४ लाख जनसंख्या र सोही अनुपातको दोब्वर पर्यटन भित्राउने लक्ष्य अनुरुप २ वर्षभित्र कृषि उत्पादन दोव्वर बनाउने लक्ष्य प्रदेश सरकारको भएको बताए ।

कार्यक्रममा एभिलिएम फाउण्डेसन नेपालका प्रतिनिधि डा वीरेन्द्रराज पोखरेले आपा·मैत्री कानून निर्माणका लागि अनुरोध गर्दै जीविकोपार्जनका लागि आयआर्जन कसरी बढाउन सकिन्छ भन्ने बारेमा चिन्तनशील हुन सबैमा अनुरोध गरेका थिए ।

सहकारी अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, आन्तरिक राजश्व कार्यालय पोखरा कर अधिकृत विजय लामिछाने, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीकान्त ढुंगाना, नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, थ्री एञ्जल रेडियोका निर्देशक डा राजेन्द्रबहादुर गौतम, सहकारीकी पूर्व अध्यक्ष शोभा गौतम, सहसचिव पुष्पराज रिमाल लगायतले धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width