सर्द्धम सभा ब्याडमिन्टन शुरु

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
Saddharma Badminton

पोखरा, ५ साउन । पोखरामा शनिबारदेखि सर्द्धम सभा धर्म संघ बुद्ध विहार डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।

सर्द्धम सभाको २८ औं तथा धर्म संघ बुद्ध विहारको ६३ औं वाषिर्कोत्सवको अवसरमा दोस्रो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भरतराज शाक्यले जनाए।

उद्घाटन खेलमा निगम शाक्य र इश्वरमान शाक्यले वाकओभर पाएका छन्। शान्तमान बुद्धाचार्य र झलकमान शाक्यको जोडीसंग भिडेको निगम र इश्वरमानले पहिलो सेट १५-१३ ले जितेपछि दोस्रो सेटमा वाक ओभर पाएको थियो। प्रतियोगिताको दोस्रो खेलमा सोवितमान बुद्धाचार्य र विनोद शाक्यको जोडीले सुवास बुद्धाचार्य र दुर्गामान बुद्धाचार्यलाई १५-१० र १५-५ को सोझो सेटले हराएको थियो। त्यस्तै, शनिबार नै भएको तेस्रो खेलमा मंगलराज शाक्य र रवीन्द्रमान बज्राचार्यको जोडीले प्रितम शाक्य र अन्तुमान गुभाजुको जोडीलाई १५-१ र १५-४ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताका विजेतालाई ६ हजार, उपविजेतालाई ४ हजार, तेस्रो हुनेलाई २ हजार र उत्कृष्ट जोडीलाई १ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा ७ टिमको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width