लायन्स क्लब अफ पोखरा नर्सेजद्वारा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५

साउन ५, पोखरा। लायन्स क्लब अफ पोखरा नर्सेजको आयोजामा शनिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला परिसरमा वृक्षरोपण र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानको प्रयोशालामा हरियाली बनाउने उद्देश्यले अशोका, कपुर, लप्सी, धुपी र दालचिनीका बिरुवा रोपीएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लब अफ ३२५ बी १ नेपालका गभर्नर अशोककुमार श्रेष्ठ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. नरेन्द्र विक्रम गुरुङबाट बिरुवा रोपी गरिएको थियो।

वक्ताद्वयले रोपेर मात्र नहुने भएकाले बिरुवाको उचित स्याहार, सुसार गर्नुपर्ने धारणा व्यक्त गरे।

क्लबका चार्टर अध्यक्ष नीलम महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन निशा श्रेष्ठले गरेकी थिइन् भने धन्यवाद ज्ञापन रोजना ढकालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width