अस्पताललाई सवा करोडको स्वास्थ्य उपकरण

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५

पोखरा, ५ साउन। इटालीको डे वान हेल्थ र एमटिटिएसको आर्थिक सहयोगमा लायन्स क्लबले विभिन्न अस्पताललाई नवजात शिशुको लागि आवश्यक विभिन्न अत्याधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

लायन्स क्लब अफ बागलुङले धौलागिरी अञ्चल अस्पताल, लायन्स क्लब अफ बुटवलले लुम्बिनी अञ्चल अस्पताल, लायन्स क्लब अफ काठमाडौं सामाखुसीले सिद्धी मेमोरियल अस्पताल भक्तपुरमा, लायन्स क्लब अफ न्युरोड चौतारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकरण हस्तान्तरण गरेका हुन्।

पहिलो चरणमा कोशी अञ्चल अस्पताल, र्सुखेत, दमौलीमा करिब १ करोड २८ लाख रुपैयाँ बराबरको उपकरण अस्पताललाई सहयोग गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेन्ड भाइस गभर्नर मनबहादुर रोकाले जानकारी दिए।

दोस्रो चरणमा धादिङ, गुल्मी अर्घखाँची, लमजुङ अस्पतालमा विभिन्न लायन्स क्लबहरु मार्फत नै १५ लाख रुपैयाँ बराबरको सामग्री छिट्टै हस्तान्तरण गरिने रोकाले बताए।

मनबहादुर रोकालाई संस्थाले नेपालमा लोकल पार्टर्नर बनाएको छ। ‘संस्थालाई नै परिचालित गर्ने हेतुले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ को द्वितीय भाइस गभर्नरको नाताले लायन्स क्लबका आफ्नै सर्भिस प्रोजेक्ट बनुन् र क्लबहरु पनि परिचालित हुन्छन् भन्ने उद्देश्यले लायन्स क्लबहरुलाई कार्यक्रमको जिम्मा दिइएको छ,’ रोकाले भने।

तेस्रो चरणमा लायन्स क्लबहरु मार्फत नै अन्य अस्पतालहरूलाई समेत ठूलो परिमाणमा शिशु उपचारका उपकरणहरु वितरण गरिने योजना रहेको रोकाले जानकारी दिए। सहयोगी संस्थाले दक्षिण पूर्वीीएसिया तथा दक्षिण एसियाका २० भन्दा धेरै देशमा काम गरिरहेको छ। करिब ३ हजार भन्दा धेरै स्टाफलाई मेडिकलका साथै नवजात शिशुको हेरचाहका वारेमा पनि तालिम प्रदान गर्दै आइरहेको छ।

करिब १ मिलियनभन्दा धेरै नवजात शिशुको लागि यस प्रविधिको प्रयोग भइसकेको बताइएको छ। डे वान हेल्थका एडभाइजर नरेन्द्र श्रेष्ठ र एमटिटिएसका नेपाल कन्ट्री डाइरेक्टर कुशल थापाको सहयोग कार्यक्रमलाई सहजीकरण गरेका छन्। स्वास्थ्य उपकरण सहयोग गरिसकेपछि आवश्यक प्राविधिक सहयोग पनि संस्थाले नै गर्ने रोकाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width