पृथ्वीचोकदेखि एयरपोर्टसम्म बृहत् सफाइ

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
cleaning 112

पोखरा, ५ साउन । पोखरामा जारी बृहत् सफाइ अभियान पृथ्वीचोकदेखि एयरपोर्टसम्म उल्लेख्य सहभागिता सहित समापन भएको छ ।

‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११२ हप्ताको अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको वडा सचिव एवं अभियन्ता लोकदर्शन कोइरालाले बताए । यसअघि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले अभियानप्रति शुभकामना व्यक्त गर्दै सरसफाइमा जुटेर ऐक्यबद्धता जनाएका थिए ।

यस हप्ताको अभियानमा नेपाली सेनाको सेकेण्ड रेर्ञ्जर्स फोर्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, मुक्तिनाथ विकास बैंक, ओभ डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब, अभियान महिला समूह, मितेरी नारी समूह, सशक्त महिला दिदी बहिनी समूह, ड्यामसाइड टोल विकास संस्था, एयरपोर्ट टोल विकास संस्था, नेशनल क्रियसन एकेडेमी, जनप्रिय मावि, स्काउट समूह, युनाइटेड युथ पोखरा, नागढुंगा आमा समूह, युनाइटेड प|mेन्ड्स, पृथ्वीचोक नेवाः सांस्कृतिक समूह, रोट्रयाक्ट क्लब अफ जिएमसी लगायत विभिन्न क्षेत्रका अभियन्ताहरु, स्थानीय संघसंस्था र टोलवासीहरुको ऐक्यबद्धता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

यसैबीच, अभियानका लागि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले एक थान स्पीकर सहित ५ प्याकेट, डिस्पोटल ग्लोब अभियन्ताहरु लोकदर्शन कोइराला र मनिषा रानामगरलाई हस्तान्तरण गरेका थिए ।

उपस्थित सहभागीहरुलाई वडा ९ का अध्यक्ष रामराज लामिछानेले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए भने वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी ११३ हप्ताको सरसफाइ अभियान हेमजा मिलनचोकमा हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width