पोखरा, ३ साउन। वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीको अध्यक्षमा दिनेश शाही निर्वाचित भएका छन्।
संघको पोखरामा विहीवार सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा सोवित बिक, सचिव सा मोहम्मद मियाँ, सहसचिव नरबहादुर भुजेल, कोषाध्यक्ष सुदन सुवेदी र सदस्य सुजन श्रेष्ठ, रवि घिमिरे, मोहम्मद गोफुर मियाँ र अरमान अली छन्। प्रमुख अतिथि श्रम कार्यलय प्रमुख भरतराज काफ्लेले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै छिट्टै पोखराबाट श्रम स्ृत हुने प्रक्रिया अगाडि बढेको बताए। प्रादेशिक सामाजिक विकास मन्त्रालय मातहतको श्रम कार्यालयबाट नै श्रम स्वीकृत गर्ने प्रक्रिया आफूले बढाएको काफ्लेले बताए।
काफ्लेले वैदेशिक पढ्न पठाउने नाममा कन्सल्ट्यान्सी लगायत म्यानपावर कम्पनीबाट नागरिकहरु बढी पीडित बनेको उल्लेख गरे। त्यस्ता म्यानपावर र कन्सल्ट्यान्सीहरु पोखरामा धेरै रहेको काफ्ले बताए। वैदेशिक रोजगार दिने नाममा गैरकानूनी कार्यमा लागेकाविरुद्ध श्रम कार्यलयमा सूचना दिन उनले आग्रह गरे।
प्रशासकीय सल्लाहकार रामजीप्रसाद कोइरालाले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्व अध्यक्षहरु फणिन्द्र बराल, खेमराज बराल, पिपुल फोरमका अधिवक्ता दीपेन्द्र अर्याल, मेडिकल व्यवसायीहरु ढाकाराम लामिछाने, प्रवेश उप्रेती अनुगमन समितिका संयोजक दिनेश शाही र वैदेशिक रोजगारी व्यवसायी विष्णु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा संघका निवर्तमान सचिव जगतमोहन गिरी, कोषाध्यक्ष याम बराल, कार्यसमिति सदस्य सुदन सुवेदी, नारायणप्रसाद पोखरेल र कार्यलय सचिव दक्षिणा गिरीलाई सम्मान गरिएको थियो।
संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सहसचिव देवेन्द सुवेदीले स्वागत मन्तव्य र निवर्तमान सचिव जगतमोहन गिरीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९