विपद् व्यवस्थापन अभिमुखीकरण

Avatar आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५

पोखरा, ३ साउन। गण्डकी बहिरा संघले विपद् व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।

सुस्तश्रवणका लागि आयोजित कार्यक्रममा ४० जना सहभागी थिए। कार्यक्रममा पोखरा महानगरपालिकाले गण्डकी बहिरा संघलाई एक थान ल्यापटप प्रदान गरेको छ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसिका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले ल्यापटप हस्तान्तरण गरेका थिए।

कार्यक्रममा उनले अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल रेडक्रस सोसाइटी कास्कीका  देवनारायण पौडेलले जुनसुकै बेला विपद् निम्तन सक्ने भएकाले सजग रहनुपर्ने आवश्यकता औल्याए। गण्डकी बहिरा संघका अध्यक्ष जमानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमिला थकालीले स्वागत र अञ्जना गुरुङले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा दोभाषे रुद्र पहारीले सहजीकरण गरेका थिए।

पोखरा महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कास्कीले कार्यक्रमलाई सहयोग पुर्‍याएका थिए।

प्रतिक्रिया

Comments on विपद् व्यवस्थापन अभिमुखीकरण

अन्य समाचार

क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई विद्यार्थी आन्दोलनमा

लमजुङ, ३ साउन। सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्याम्पसमा निर्माण गर्न लागिएको छात्रावास भवन ११ वर्षमा पनि पूरा नभएपछि विद्यार्थी दबाबका लागि आन्दोलनमा उत्रिएका छन्। उनीहरु क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई आन्दोलनमा उत्रिएका हुन्। आफूहरूले तीनदिन अघिदेखि गरेको सांकेतिक हड्तालको क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै त्यसविरुद्ध पढाइ ठप्प पारेर क्यामपस प्रमुखको कार्यकक्षमा ताला लगाएको बताए । क्याम्पसमा क्रियाशील विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलन गरेका छन् । यसअघि एकअर्काबीच कुटाकुटमा उत्रने विद्यार्थी संगठन यसपटक भने संयुक्त रुपमा आन्दोलनमा होमिएका हुन्। एघार वर्षअघि निर्माण शुरु गरिएको ४२ कोठे छात्रावास…

रतनपाण्डेमा इन्टरनेट जडान र शैक्षिक सामग्री वितरण

पोखरा, ३ साउन । नेपाल टेलिकम वकर्स युनियन पोखरा इकाइले पोखरा १३, आर्वास्थित रतनपाण्डे माविमा निःशुल्क कम्प्युटर, इन्टरनेट जडान तथा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा विहीवार आयोजित समारोहमा टेलिकम पोखरा शाखाका कार्यालय प्रमुख प्रबन्धक अनिल जोशीले विद्यालयमा प्रविधि सूचनामैत्री शिक्षण सिकाइका लागि इन्टरनेट जडानले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तार हुने बताए । नेटमा सिंगो विश्व हुने हुदा यसलाई सही ढंगले प्रयोग गर्नका लागि सबैमा आग्रह गरे । कार्यक्रममा उपप्राध्यापक भवत रञ्जित, लेखाअधिकृत खगप्रसाद पोखरेल, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की जिल्ला अध्यक्ष…