पोखरा, ३ साउन । नेपाल टेलिकम वकर्स युनियन पोखरा इकाइले पोखरा १३, आर्वास्थित रतनपाण्डे माविमा निःशुल्क कम्प्युटर, इन्टरनेट जडान तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा विहीवार आयोजित समारोहमा टेलिकम पोखरा शाखाका कार्यालय प्रमुख प्रबन्धक अनिल जोशीले विद्यालयमा प्रविधि सूचनामैत्री शिक्षण सिकाइका लागि इन्टरनेट जडानले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तार हुने बताए । नेटमा सिंगो विश्व हुने हुदा यसलाई सही ढंगले प्रयोग गर्नका लागि सबैमा आग्रह गरे ।
कार्यक्रममा उपप्राध्यापक भवत रञ्जित, लेखाअधिकृत खगप्रसाद पोखरेल, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की जिल्ला अध्यक्ष शोभाकर भण्डारी, टेलिकम कर्मचारी युनियनका कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्व केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर पाण्डे, सदस्य सुवास पौडेल, सल्लाहकार दिनेशमणि लामिछाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बराल, सदस्य सरस्वती बराल, विष्णु परियार, राजुप्रसाद बराल र विद्यालय प्रअ डिल्लीराम बराल लगायतले टेलिकमका कर्मचारी अब सामाजिक सेवामा समेत सहभागी भई सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन लागिपरेकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा १ थान कम्प्युटर, इन्टरनेट जडान र विद्यार्थीलाई आवश्यक स्टेशनरी समेत प्रदान गरिएको थियो ।
टेलिकम कर्मचारी युनियन पोखरा इकाइ अध्यक्ष सन्तोषकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ डिल्लीराम बराल, धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बराल र संचालन सचिव कुवेत कुँवरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९