Worldlink ads

रतनपाण्डेमा इन्टरनेट जडान र शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५

पोखरा, ३ साउन । नेपाल टेलिकम वकर्स युनियन पोखरा इकाइले पोखरा १३, आर्वास्थित रतनपाण्डे माविमा निःशुल्क कम्प्युटर, इन्टरनेट जडान तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयमा विहीवार आयोजित समारोहमा टेलिकम पोखरा शाखाका कार्यालय प्रमुख प्रबन्धक अनिल जोशीले विद्यालयमा प्रविधि सूचनामैत्री शिक्षण सिकाइका लागि इन्टरनेट जडानले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तार हुने बताए । नेटमा सिंगो विश्व हुने हुदा यसलाई सही ढंगले प्रयोग गर्नका लागि सबैमा आग्रह गरे ।

कार्यक्रममा उपप्राध्यापक भवत रञ्जित, लेखाअधिकृत खगप्रसाद पोखरेल, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की जिल्ला अध्यक्ष शोभाकर भण्डारी, टेलिकम कर्मचारी युनियनका कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्व केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर पाण्डे, सदस्य सुवास पौडेल, सल्लाहकार दिनेशमणि लामिछाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बराल, सदस्य सरस्वती बराल, विष्णु परियार, राजुप्रसाद बराल र विद्यालय प्रअ डिल्लीराम बराल लगायतले टेलिकमका कर्मचारी अब सामाजिक सेवामा समेत सहभागी भई सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन लागिपरेकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा १ थान कम्प्युटर, इन्टरनेट जडान र विद्यार्थीलाई आवश्यक स्टेशनरी समेत प्रदान गरिएको थियो ।

टेलिकम कर्मचारी युनियन पोखरा इकाइ अध्यक्ष सन्तोषकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रअ डिल्लीराम बराल, धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बराल र संचालन सचिव कुवेत कुँवरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads