लिटिल स्टेपको सम्मान र सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५
little

पोखरा, ३ साउन । लिटिल स्टेप माविमा विहीबार अभिमुखीकरण कार्यक्रम भएको छ ।

विद्यालय संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भीमलाल गुरुङले गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा विद्यालयलेे ३६ वर्षसम्म पुर्‍याएको योगदानको प्रशंसा गरे ।

पञ्चकोशी आर्थर डाँडाखर्क समाजका अध्यक्ष लालप्रसाद गुरुङले विद्यालयले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।

अभिभावक टेकप्रसाद भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय, विद्यार्थी तथा अभिभावक तिनै पक्षको महत्व हुने बतँए ।

नवआगन्तुक विद्यार्थी मीरा दोर्जे , कक्षा १२ का विद्यार्थी प्रशान्त गुरुङले मन्तव्य राखेका थिए।विद्यालय संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यालयको चिनारी दिँदै विद्यालयमा परिचालन गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी दिइन् । संयोजक विनोद गिरीले स्वागत मन्तव्य राखेका थिए ।

यसैबीच, विद्यालयले सामाजिक उत्तरदायित्वस्वरुप रोटरी क्लब अफ पोखरा लेकसाइडलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । सो रकम क्लब अध्यक्ष जयराम पौडेलले ग्रहण गरे ।

यस्तै, पत्रकारिता तथा समासेवामा समर्पित राजबहादुर गुरुङलाई २५ हजार रुपैयाँ सहित सम्मान गरियो ।

कार्यक्रममा बोल्दै पत्रकार गुरुङ तथा रोटरी अध्यक्ष पौडेलले विद्यालयको अझ प्रगतिको कामना गर्दै सहयोगप्रति आभार प्रकट गरे ।कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width