Worldlink ads

प्लाष्टिक प्रयोग गरी पीच निर्माण

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५

पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ।

पोखरा महानगरपालिका वडा १४, चाउथे अनुपमटोलस्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो।

सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे।

ग्रीन रोड वेष्ट म्यानेजमेण्टले साढे ६ लाख रुपैयाँ’ लागतमा बाटो पीच गरेको हो।  पीचका लागि करिब तीन सय केजी प्लाष्टिक प्रयोग भएको छ।

प्लाष्टिकको प्रयोग गरी कम पैसामा बलियो पीच बनाउन सकिने ग्रीन रोड वेष्ट म्यानेजमेण्टका संचालक सञ्जीव बास्तोलाले जानकारी दिए।

प्लाष्टिकको प्रयोग गरी अलकत्राको मात्रा घटाइने भएकाले एक किलोमिटर पीच गर्दा करिब २ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ।

उनले ग्रीन रोड वेष्ट म्यानेजमेण्टले कुहिने फोहरबाट बायो ग्यास उत्पादन गर्ने र नकुहिने प्लाष्टिक पीच बाटो निर्माणका लागि उपयोग गर्न चाहेको उल्लेख गरे।

पोखराका बढी वर्षा हुने भएकाले प्लाष्टिक प्रयोग गरी बनाइएको पीच बढी उपयोगी हुने उनको भनाइ छ।

बढी टिकाउँसँगै खाल्डाखुल्टी नपर्ने र पानी नसोस्ने दाबी गर्दै उनले भने, ‘प्लाष्टिकका कारण भैरहेको प्रदूषण नियन्त्रण गर्न समेत टेवा पुग्ने छ।’

नेपालमा पहिलो पटक प्लाष्टिक प्रयोग गरी पीच बनाइएको भए पनि भारतमा १ लाख किलोमिटर, भुटानमा २ सय किलोमिटर सडक प्लाष्टिकको प्रयोग गरी पीच बनाइएको छ। त्यस्तै, युके र अष्ट्रेलियामा पनि त्यसरी नै पीच गरिएको छ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग