Worldlink ads

संगम सहकारीको तालिम

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
sangam

पोखरा, १ साउन । संगम बचत तथा ऋण सहकारी संस्था लि, रामबजारद्वारा आयोतिज पोते, कृष्टल र मोतिद्वारा निर्मित हस्तकला तालिम सम्पन्न भएको छ ।

सहभागीलाई तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि वडा १५ का वडाध्यक्ष प्रकाश पौडेलले तालिमलाई व्यवहारिकतामा उतार्न सबैलाई आग्रह गरे।

उनले आफू पनि संगम सहकारीको स्थापनाकालदेखिकै सदस्य भएको सदस्य स्मरण गर्दै संगमका हरेक गतिविधि प्रशंसनीय रहेको बताए। सहकारी अध्यक्ष नीरज थापाले संगमको इतिहासमै यो तालिमको विशेष महत्व भएको र यस तालिमले आफू बढी खुशी भएको बताए । उनले महिलाबाट माग भई आएमा यस्ता सीपमूलक तालिम फेरि पनि सञ्चालन गर्ने बताए। प्रशिक्षार्थी सम्झना पौडेल -गौतम) ले तालिमले हातमा सीप, दिलमा आत्मीयता र दिमागमा मित्रता बढाएको बताइन्।

शिक्षा तथा तालिम उपसमितिको सहयोगमा महिला उपसमितिद्वारा आयोजित तालिममा प्रशिक्षार्थीको माग बमोजिम २ दिन थप गरिएको कार्यक्रम संयोजक विष्णुकुमारी थापाले बताइन्। कार्यक्रममा धनराज पुरी, धुवादेवी श्रेष्ठले पनि बोलेका थिए। निर्धारित सातदिने तालिम प्रशिक्षार्थीको मागमा २ दिन थप भएको थियो । तालिम प्रशिक्षक कल्पनादेवी आचार्य थिइन्।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा दोहोरो अङ्कको सुधार

      रासस कार्तिक ७, २०७८
      काठमाडौं । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • तिहारको लागि ५० हजारभन्दा बढी माला आयात हुँदै

      रासस कार्तिक ६, २०७८
      काठमाडौं । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात…
    • जिल्लाका प्रमुखलाई लेउवा संघको स्वागत

      आदर्श समाज सम्वाददाता कार्तिक ५, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न कार्यालयमा हालै सरुवा भइ आएका विभिन्न व्यक्तिको स्वागत तथा सम्मान गरेको छ…
    • राष्ट्रिय बहुउद्देश्यीय सहकारीमा सीता दाहाल

      आदर्श समाज सम्वाददाता कार्तिक ४, २०७८
      पोखरा । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि., पोखरा–१०, रामबजारको १९ औं वार्षिक साधारण सभाबाट सीता दाहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग