Worldlink ads

‘चि मुसी चि’ प्रचारमा फिल्म यूनिट

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
chi musi chi

पोखरा, १ साउन । नेपाली फिल्म ‘चि मुसी चि’ को रिलिज डेट नजिकिँदा निर्माण यूनिट प्रचार क्रममा देश दौडाहामा छ । पोखरा आएको निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन गरी फिल्मबाट निकै आशा गरेको बतायो ।

साउन ११ देखि देशव्यापी प्रदर्शन हुने सो फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको शीष्ाक कमेडी जस्तो लागे पनि फिल्म म्यूजिकल ड्रामा जानरामा बनेको बताए।

‘चि मुसी चि बालापनको खेल जस्तै हो, तर फिल्ममा पात्रहरु बिचको जालझेलको खेल छ’ निर्देशकले भने – ‘फिल्मलाई लिएर निकै आशावादी छौ।’ फिल्म शकुन्तला र कामचोर पछी निर्देशक श्रेष्ठको यो तेस्रो निर्देशकिय सिनेमा हो। अभिनेता सुशान्त कार्कीले आफूले केही समयको अन्तरालपछि राम्रो स्कृप्टमा काम गरेको जिकीर गरे।

फिल्म युनिटले देशव्यापी सांगेतिक टुर पनि गरिरहेको छ। फिल्मका कलाकारसँगै नेपाल आइडलबाट परिचित गायिका सुजता पाण्डे पनि साथमै छिन्। मंगलबार पनि फिल्मका कलाकारले सभागृह र छोरेपाटनमा कर्न्र्सट गरे ।

फिल्ममा शुसान्त कार्की, सुनिल क्षेत्री, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी लगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा शिवराज कार्की, अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङल लगानी गरेका हुन्।

Related News

सम्बन्धित समाचार

    • दीपक समीपकाे मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लोकार्पण

      आदर्श समाज सम्वाददाता माघ २, २०७८
      पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा…
    • गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले थकाली, थारु,…
    • लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ । समारोहमा कवि शिरोमणि…
    • एलबीका कवितामा रमे कविता पारखी

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद,…
    • समता काव्य सन्ध्याको ३४३ औं शृंखला

      आदर्श समाज सम्वाददाता पौष ५, २०७८
      पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३…

    hero news full width