गण्डकीका एकै दिन ६ शाखा संचालन

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५

पोखरा, १ साउन । पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ।

बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपीपल र बुद्धनगर, कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको हो। यससं’गै बैंकको शाखा संख्या ६८ वटा पुगेका छन्।

बैंकले छिट्टै नै नेपालको पूर्वदेखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए।

बैंकको सम्पूर्ण शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान हुनेछ। ती शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटिएम, इसीसी/आईपीएस, सी-आस्वा, मोवाइल बैकि·, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकि· सेवा सञ्चालन गरिएको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width