गोपीलाई इन्काउण्टर कपको उपाधि

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५

पोखरा, ३२ असार ।गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको हालैमात्र पोखरा रंगशालामा भएको फाइनल खेलमा विकास गुरुङलाई पराजित गदै भट्टराईले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।

पहिलो सेटमा ६-३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६-३ कै जवाफ फर्काएका थिए । तर सुपरर्टाईमा अग्रता कायम गरेको खेललाई जोगाउन नसक्दा गुरुङले उपविजेतामै चित्त बुझाउन पर्‍यो । मन्थ्ली टेनिसमा भट्टराईको यो दोश्रो उपाधि हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उपविजेता बनेका थिए ।

विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थलगायतले नगदसहित ट्रफी पुरस्कार प्रदान गरेका थिए ।

संघ कास्कीका सचिव लोक गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width