पोखरा, ३२ असार। लोकगायक राजु परियारको बहुप्रतिक्षित म्यूजिक भिडियो ‘दरौ सिरुबारी’ युट्वमार्फत सार्वजनिक भएको छ।
सो भिडियोलाई श्यामशुक्ला फिल्म प्रोडक्सन, पोखराको आधिकारिक युट्व च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले शुक्रबार सार्वजनिक गरेको हो ।
गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङको प्रस्तुतिमा लालीगुराँस ड्रेस तथा कल्चर सेन्टरले निर्माण गरेको दरौ सिरुबारीले यसअघि सवोर्त्कृष्ट लोकगीत, म्यूजिक खबर अवार्ड-२०७२ र चौथो बायो अवार्ड २०७३ जितेको थियो ।
सुन्दर सिरुबारीको विभिन्न स्थल समेटेर निर्माण गरिएको भिडियोलाई चर्चित निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन्।
ताराबहादुर गुरुङ, मोनिका दाहाल र तेज गिरीको अभिनय गरेको भिडियोलाई प्रकाश गुरुङ काशले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन छ । राजु परियारको शब्द, जयकुमार परियारको संगीत रहेको सो भिडियो निर्माण लक्ष्मी गुरुङले गरेकी हुन् ।
Related News
सम्बन्धित समाचार
सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’
‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण
फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य
कर्मचारी युनियन कास्कीको क्यालेन्डर
जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड
hero news full width
मुख्य समाचार
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०