पानीमा रुझेरै सरसफाइ

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५
bj

पोखरा, ३० असार । पोखरामा जारी बृहत् सफाइ अभियानको १११ श्रृंखला शनिबार केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा सम्पन्न भएको छ । अविरल वर्षाका बाबजुद पनि सरसफाइमा सहभागीले सो अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित अभियानको सो श्रृंखला प्रदेश सांसद राजीव पहारीले उपस्थिति सहभागीलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै उद्घाटन गरेका थिए । उनले अभियानले पोखरालाई अझ सुन्दर बनाउन मद्दत पुगेको र सर्वसाधारणमा सचेतना अभिवृद्धि गरेको बताए ।

यस हप्ताको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, अभियान महिला समूह, माछापुच्छे महिला क्लब, मितेरी नारी समूह, खहरे आमा समूह, ड्यामसाइड टोल विकास संस्था, लायन्स क्लब अफ लेकसाइड, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), युनाइटेड यूथ पोखरा, पोखरा वडा ६ का विभिन्न आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा भिटोफ र लायन्स क्लब अफ लेकसाइडले सरसफाइ सामग्री उपलब्ध गराई सहयोग गरेका थिए भने मितेरुी नारी समूहले खानेपानी उपलब्ध गराएको थियो ।

कार्यक्रम संचालन सरसफाइ अभियन्ता नागरिक समाज संयोजक विष्णुहरि अधिकारीले गरेका थिए ।

साउन महिनामा बोलबम हुने भएपछि त्यसपूर्व सरसफाइ अभियान केदारेश्वर परिसरमा आएकोमा अभियन्ताप्रति मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले आभार प्रकट गरे । आगामी ११२ हप्ताको सरसफाइको श्रृंखला पोखरा पृथ्वीचोकमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width