पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा १० स्थित रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले विभिन्न व्यक्तिलाई शनिवार सम्मान गरेको छ ।
केन्द्रले पोखरा-१० का वडाध्यक्ष राजकुमार गुरुङ, वडासदस्य नीशा मल्ल ठकुरी, प्रतिभा बिक पोखरेल, सम्मरबहादुर श्रेष्ठ र नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक ९६ वर्षीय गौप्रसाद गुरुङ र ८८ वर्षीया दीलमाया श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा वडाध्यक्ष गुरुङले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवनका लागि जग्गा उपलब्ध गराउन र भवन निर्माणमा सक्दो सहयोग पुर्याउने प्रतिवद्वता व्यक्त गरे ।
नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लिला जिसीले ज्येष्ठ नागरिकका समस्या बुझेर ज्येष्ठ नागरिक केन्द्र संचालन गरिनु प्रशंसनीय भएको उल्लेख गरे ।
कार्यक्रममा वडासदस्य नीशा मल्ल ठकुरी र ज्येष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार महेश गुरुङले बोलेका थिए ।
रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या. थमानसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङ भुजेलले स्वागत र महासचिव ज्ञानबहादुर थापाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९