शिवशक्तिमार्ग जनपथ पिच बाटो शुभारम्भ

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५
37161201_2016629208652753_3402559635482214400_n

पोखरा, ३० असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ शिवशक्तिमार्गमा नवनिर्मित जनपथ पिचबाटो शनिबारदेखि शुभारम्भ भएको छ।

बाटो उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले बाटो बनाउनु मात्र ठूलो काम नभई त्यसलाई संरक्षण र सरसफाइ गर्नु आवश्यक रहेको बताउँदै पुरानो रुख विस्थापित भएपनि नयाँ विरुवा रोपेर वातारण हरियाली बनाउन आग्रह गरे।

पोखरा लेखनाथ महानगरपालिकाको १९ लाख ४२ हजार एक सय ५३ रुपैया र स्थानीयको १० लाख ५७ हजार आठ सय ४७ गरी कुल ३० लाख रुपैयाँको लागतमा निर्माण भएको बाटोको लम्वाई चार सय ३९  मिटर छ।

त्यस्तै पोखरा लेखनाथ ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र १२ का वडाध्यक्ष रामजी कार्कीले आम वडावासीको सेवाको लागि सानो ठूलो काम नभनी हातमा हात मिलाएर अघि बढ्नुपर्नेे धारणा राखे।

समितिका अध्यक्ष अम्वरबहादुर क्षेत्रीले सबैको सहयोगले पिचबाटो सम्पन्न भएकोमा धन्यवाद दिँदै उपस्थित सबैलाई आभार व्यक्त गरे।

कार्यक्रममा मगर संघका अध्यक्ष चन्द्रप्रकाश थापाले शुभकामना मन्तव्य व्यक्त गरे।

समितिका अध्यक्ष अम्वरबहादुर क्षेत्रीको अध्यक्षताका भएको कार्यक्रमका उपाध्यक्ष एकप्रसाद गुरुङले स्वागत, कोषाध्यक्ष द्रौपति श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र सचिव चिन्तामणि खरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width