हेमजामा आयुर्वेद स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५

हेमजा, ३० असार। पोखरा-२५, हेमजामा गण्डकी अञ्चल आयुर्वेद औषधालयको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा शुक्रवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।

प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले स्थानीय गंगा कार्कीलाई पूर्र्जी कार्यक्रम उद्घाटन गरेका थिए। शिविरमा २ सय ७० जना लाभान्वित भएका छन्।

वडाध्यक्ष तिम्सिनाले विश्व विद्यालयमा पनि आयुर्वेदसम्बन्धी शिक्षा दिनुपर्ने बताउँदै आयुर्वेदको अनुसन्धान गर्न जरुरी भएको औँल्याए।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उप-कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, स्नोभ्यू बोर्र्डिङ स्कूलकी संस्थापक विष्णुमाया अधिकारी, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष निलकण्ठ पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीकी उपमन्त्री उर्मिला खड्काले लगायतले बोलेका थिए । शिविरमा डा ओमप्रकाश कलौनी, डा कमल पौडेल, डा रामकृष्ण भुजेल, डा सरोजराय यादव, डा अनिल थापा र सुसिला पुनले परीक्षण गरेका थिए।

गण्डकी अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा ओमप्रकाश कलौनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हेमजा उपशाखाका सभापति पूर्णलाल भण्डारीले र सञ्चालन उपशाखाका सचिव तिलक तिमिल्सिनाले गरेका थिए।

उक्त शिविर स्नो भ्यू बोर्र्डिङ स्कूलको व्यवस्थापनमा भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width