कास्की पूर्ण खोप सुनिश्चित

आदर्श समाज सम्वाददाता
असार २८, २०७५
khop

पोखरा, २७ असार । कास्की जिल्लालाई वुधवार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। बच्चा जन्मिएपछि १५ महिनाभित्र अनिवार्य रुपमा लगाउनुपर्ने ११ प्रकारका खोपका लक्ष्य प्राप्तिसँगै पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित जिल्ला खोप समन्वय समिति कास्की र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रदेशको राजधानी पोखरासँगै समग्र कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महानगर प्रमुख मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्दै कास्की पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका थिए।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशप्रसाद चापागार्इंले जिल्लामा जन्मिएपछि १५ महिनाभित्रका कुल ८ हजार ६ सय ९८ जना बालबालिकाले पूर्णखोप लिएका हुँदा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकाअन्तर्गत ३३ वटै वडाका ७ हजार १ सय ३ जना र ४ गाउँपालिकाका १ हजार ५ सय ९५ जना बालबालिकाले खोप लिएका हुन्।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width