मन्त्रिपरिषद् निर्णय

आदर्श समाज सम्वाददाता
असार २८, २०७५

पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारको वुधवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ।बैठकले नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्यको उमेर ३५ देखि ५५ वर्ष हुनुपर्नेमा संशोधन गरी ३५ देखि ६५ वर्ष बनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको नामकरण हुनुअघि प्रदेश सरकारले बनाएका कानूनमा ४ नम्बर प्रदेश लेखिएकोमा सबैलाई संशोधन गरी गण्डकी प्रदेश राख्न गरेको प्रस्तावलाई पारित गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। गण्डकी प्रदेश संसद्ले प्रदेशका लागि हालसम्म १५ वटा कानून निर्माण गरिसकेको छ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा गठित प्राकृतिक स्रोत साधन र सार्वजनिक जग्गाको दोहन रोक्न गठित समितिले बनाएको मापदण्ड मन्त्रिपरिषदको आर्थिक, सामाजिक र पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिले केही परिमार्जन सहित दिएको प्रतिवेदन बैठकले पारित गरेको छ।

बैठकले क्रिकेट खेलाडी करण केसीलाई १ लाख रुपैयाँ सहित सम्मान गर्न सामाजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषदको बैठकले पारित गरेको प्रवक्ता बस्नेतले जनाए ।

यस्तै, बैठकले मुस्ताङमा टि्रपर दुर्घटनामा परी ज्यान गुमाएका मृतकप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width