पोखरा, २७ असार । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा फ्रान्स फाइनल पुग्न सफल भएको छ । अधिकांश युवा खेलाडीले भरिएको फ्रान्सले मंगलबार राति छिमेकी देश बेल्जियमलाई १-० गोलअन्तरले हराउँदै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सले खेलको ५१ औं मिनेटमा अग्रता लियो । अन्ततः निर्धारित ९० मिनेटसम्म खेल १-० गोलअन्तर कायम गर्दै फ्रान्स दोस्रो पटक उपाधि नजिक पुगेको हो ।सन् १९९८ मा विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। तर पेनाल्टीमा इटालीसँग पराजित भएर विजेता हुन पाएन।
जारी खेलको पहिलो सेमिफाइनलमा बेल्जियमको फाइनल सपना फ्रान्समा सामुएल उमटिटीले हेडमार्फत गरेको गोलबाट टुट्न पुग्दा फ्रान्सलाई यसपालि उपाधि चुम्ने मौका जिविकै राखेको छ ।
यसपालि फ्रान्सको यात्राको सुरुवात अस्ट्रेलियासँगको खेलबाट भएको हो। समूह सी मा रहेको फ्रान्सले सो खेलमा अस्ट्रेलियालाई २-१ ले हरायो। यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग गरिएको छ। भिएआरबाट पेनाल्टी पाउने पहिलो टिम फ्रान्स बन्यो। अस्ट्रेलियासँगको खेलमा भिएआर मार्फत पाएको पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गरे ५८ औँ मिनेटमा। त्यसपछि ६१ औँ मिनेटमा अस्ट्रेलियाका जेडिनाकले पेनाल्टीमै गोल फर्काए। तर ८१ औँ मिनेटमा बेहिचले आत्मघाती गोल गरेपछि फ्रान्स विजयी भयो र ३ अंक जोड्यो।
दोस्रो खेलमा फ्रान्सले पेरुलाई १-० ले हरायो। यो खेलमा फ्रान्सका लागि १९ वर्षे केलियन एमबाप्पेले ३४ औँ मिनेटमा गरेको गोल नै निर्णययक बन्यो। लगातार दोस्रो जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गर्यो।
तेस्रो खेलमा युरोपेली देश डेनमार्क फ्रान्सको प्रतिस्पर्धी थियो। यो खेलमा दुवै तर्फबाट गोल हुन सकेन। फ्रान्स समूह विजेता तथा डेनमार्क समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगे । फ्रान्सलाई अन्तिम १६ मा पर्खिरहेको थियो, लियोनल मेस्सीको टिम अर्जेन्टिनाले।
सो खेलमा स्टार खेलाडीको रुपमा उदाए, केलियन एमबाप्पे। फ्रान्सले मेस्सीको टिम अर्जेन्टिनालाई ४-३ ले हरायो। मेस्सी घर फर्किए, फ्रान्स अघि बढ्यो। यो खेल जारी विश्वकपको उत्कृष्ट खेल मध्ये एक हो।
यो खेलमा फ्रान्सका एमबाप्पेले २ गोल गरे, उनैले दिलाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरे। यस्तै पाभार्डले पनि गोल गरे। अर्जेन्टिनाका लागि एन्जल डी मारिया, मास्चेरानो र सर्जियो अग्युरोले गोल गरे।
फ्रान्ससँग क्वाटरफाइनलमा प्रतिष्पर्धामा थियो, पूर्व विजेता उरुग्वे । जसले अन्तिम १६ मा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई पाखा लगाएको थियो। तर फ्रान्सले उरुग्वेको चुनौती २-० ले पार गर्दा भारानो र ग्रिजम्यानले गोल गरे ।
पालो थियो अब बेल्जियमसँगको सेमिफाइनल । क्वाटरफाइनलमा ५ पटकको विश्व विजेता नेइमारको ब्राजिललाई निराश पारेको थियो, बेल्जियमले। तर, सो व्यग्र पर्खार्इ पनि १-० गोलअन्तरले पार गर्दै फ्रान्स फाइनलमा पुगेको हो । उसले सेमिफाइनलमा रामेलु लुकाकु, केविन डी ब्राउन, इडन हजार्डसहितका उत्कृष्ट खेलाडीलाई निराश पार्यो । फ्रान्सले अब फाइनलमा इंग्ल्याण्ड वा क्रोएसियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
Related News
सम्बन्धित समाचार
क्युपेकमा सेभन ए साइड फुटबल प्रतियोगिता
गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९