श्रीपति कोइरालाको शालिक अनावरण

आदर्श समाज सम्वाददाता
असार २८, २०७५

पोखरा, २७ असार। श्रीपति कोइराला गुठीद्वारा विविध कार्यक्रम गरी श्रीपति कोइरालाको २११ औं जन्म जयन्ती मनाइएको छ।

पोखरा-९, साँघुमुखस्थित गुठी परिसरमा निर्मित श्रीपतिको शालिक बुधबार अनावरण गरियो। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शालिक अनावरण गर्दै सन्ततिका लागि अग्रजले आफ्नो जीवनमा राम्रो कार्य गर्नुपर्ने बताए।

जीवनमा आमूल परिवर्तन ल्याउने मानिसमा अदृश्य शक्ति हुन्छ भन्दै नागरिकले आफ्नो कर्त्तब्यलाई मातृभूमिको सेवामा लगाउनुपर्ने औंल्याए।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएकोमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई गुठीले सम्मान गर्‍यो।

त्यसैगरी, सामाजिक तथा उद्योग क्षेत्रमा योगदान पुर्‍याएकोमा लक्ष्मी हाउस पोखराका गणेशबहादुर श्रेष्ठलाई गुठीले दोसल्ला ओढाएर प्रशंसापत्रद्वारा सम्मान गर्‍यो।

त्यस्तै, गुठीले पोखरास्थित विभिन्न क्याम्पसमा सवोर्त्कृष्ट अंक ल्याउने विद्यार्थीलाई श्रीपति विद्यापदकसहित नगद र प्रशंसापत्र प्रदान गरेको छ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद प्रभा कोइराला, बिन्दुकुमार थापा र दीपक कोइरालाको उपस्थिति थियो। गुठीका पूर्व उपाध्यक्ष रामजीप्रसाद कोइरालाले श्रीपति कोइरालाको जीवनीमाथि प्रकाश पारेको कार्यक्रममा सहसचिव नवराज कोइरालाले सम्मानित व्यक्ति डा थापा र औद्योगिक घराना श्रेष्ठको जीवनीमाथि प्रकाश पारेका थिए।

गुठीका अध्यक्ष मोहननाथ कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमा कोइरालाले स्वागत र सचिव फणिन्द्रराज कोइरालाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width