भारतीय पर्यटक बोलाउँदै पर्यटन व्यवसायी

आदर्श समाज सम्वाददाता
असार २८, २०७५
tourism pkr

पोखरा, २७ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।

पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारततर्फ प्रस्थान गरेको हो ।

भारतका पटना, बनारस, लखनउ लगायत विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको संघ अध्यक्ष विकाल तुलाचनले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए।

संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । पोखरामा आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय हुने गरेको उनले बताए ।

पाँचदिने सो भ्रमणमा टोलीले लखनउ, पटना, वनारस लगायत ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्रिर्या गर्ने जनाइएको छ ।

भ्रमण टोलीलाई नेपाल पर्यटन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष हरि बास्तोलाले क्षेत्रीय होटल संघको कार्यालय डिहिकोपाटनमा बुधबार बिदाइ गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width