माछापुच्छ्रे ९ को सार्वजनिक सुनुवाइ

आदर्श समाज सम्वाददाता
असार २८, २०७५
hemja photo (3)

हेमजा, २७ असार। माछापुच्छ्रे गाउँपालिका वडा ९ ले आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाइ गरेको छ।

कार्यक्रममा वडाका विभिन्न उपभोक्ता समिति अध्यक्षले आ-आफ्नो योजनाको आयव्यव सार्वजनिक गरेका थिए।चालु आर्थिक वर्षमा कुल २४ योजनामा १ करोड १० लाख खर्च भएको वडाध्यक्ष तथा माछापुच्छ्रे गाउँपालिकाका सामाजिक विकास समिति संयोजक दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए।

यस आर्थिक वर्षमा वडाले ‘एक घर, एक धारा’ कार्यक्रम, जलवायु परिर्वतनले कृषि क्षेत्रमा पारेको प्रभावबारे अनुसन्धान, पर्यटन पदमार्ग प्रवर्द्धन एवम् व्यवस्थापन र अनुसन्धान कार्यक्रम, अल्लो प्रशोधन, कृषितर्फ परम्परागत बीउबालीको सूची तयार गरी बाली प्रजनन् र बाली संरक्षणसम्बन्धी विस्तृत अध्ययन गरी आधुनिक कृषि प्रणालीतर्फ धान, मकै, कोदोको बीउ वितरण गरी परीक्षण गरिएको क्षत्रीले बताए।

त्यसका साथै यस वर्ष वडामा रहेका झोलुङगे पुलमा भएका काठ हटाइ फलाम बिच्छ्याइएको उनले जानकारी दिए। आगामी आर्थिक वर्षका लागि तारेवराह मन्दिर, घलेल कालिमाटी नागी भीमजु· पर्यटकीय पदमार्ग स्तरोन्नति, पर्यटन कृषि क्षेत्रलाई जोड दिँदै अल्लो उत्पादन र प्रशोधनलाई प्रभावकारी बनाउँदै २५ जनालाई रोजगारी दिने, उद्यम विकास र कृषि सामग्री संकलन केन्द्र स्थापना गरिने, माटोको उत्पादन क्षमता परीक्षण गरी डिजिटल प्रोफाइल तयार गर्ने जसका लागि गाउँपालिकाबाट ७० लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ विनियोजन गरिएको क्षेत्रीको भनाइ छ।आफ्नो वडा गाउँपालिकाकै विकट रहेको भए पनि प्रचूर सम्भावना रहेको क्षेत्रीले सुनाए। क्षेत्रीले त्यहाँका पर्यटकीय सम्पदा सदुपयोग गरेर विकास गर्न सवै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको पनि बताए।

उक्त वडामा मर्दी हिमाल पदमार्ग, विभिन्न हाइड्रोपावर, माछापुच्छ्रे नमूना पैदल मार्ग, होमस्टे लगायत क्षेत्र आकर्षणको रुपमा रहेका छन्।

कुइवा·को होमस्टे संचालनका लागि डिपिआर तयार गरी कार्य अगाडि बढाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width