बन्दले जनजीवन प्रभावित

आदर्श समाज सम्वाददाता
असार २६, २०७५

पोखरा, २५ असार । तमुवान-मगराँत संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले सोमबार आहृवान गरेको गण्डकी प्रदेश बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बन्यो ।

प्रदेश बैठकले गण्डकी प्रदेश नामकरण गरेको विरोध गर्दै उनीहरुले तमुवान मगराँत राख्नुपर्ने माग सहित बन्द आहृवान गरेका हुन् ।

बन्द कारण पोखराको जनजीवन प्रभावित बन्यो । बन्दसँगै बिहानैदेखि अविरल वर्षाका कारण पनि यस क्षेत्रमा दिनभर यातायातका साधन चलेनन् । पसल, कलकारखाना, उद्योग, व्यवसाय, कलेज, स्कुल लगायत बन्द भए ।

पर्यटक बोक्ने गाडी, दूध तथा खानेपानी बोक्ने गाडी, एम्बुलेन्स, पत्रकार, मानवअधिकारवादीको सवारी फाट्टफुट्ट चले पनि अन्य सार्वजनकि यातायात न्यून चल्दा सर्वसाधारणले दुःख-कष्ट बेहोर्र्नुपर्‍यो । निर्धारित ठाउँमा उनीहरु पैदल नै हिडेको देखिन्थ्यो ।

यता, नेपाल आदिवासी जनजाति संघका प्रदेश संयोजक जितबहादुर गुरुङले बन्द सफल भएको दावी गरे । उनले यसपछि समीक्षा बैठक बस्ने र आफ्नो माग पूरा नभएसम्म आन्दोलन निरन्तर हुने बताए ।

तमुवान-मगराँत संघर्ष समितिको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम, तमु हृवीला जनजाति राष्ट्रिय परिषद्, देशभक्त जनतान्त्रिक मोर्चा, भुजेल संघ, मगर संघ, तीनगाउँले मार्फाली संघ लगायतले पनि साथ दिएको उनले जानकारी दिए ।

गत असार २२ मा गण्डकी प्रदेश नामकरण गरिएपछि तमुवान मगराँतको ऐतिहासिक सभ्यता र पहिचान मेटाउन खोजेको उनीहरुको आरोप छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width