सत्यमोहनलाई धर्मराज-सावित्री लोकसाहित्य पुरस्कार

आदर्श समाज सम्वाददाता
असार २६, २०७५
satya mohan

पोखरा, २५ असार । संस्कृतिविद् सत्यमोहन जोशीलाई धर्मराज-सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार-२०७४ प्रदान गरिने भएको छ ।

जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यहरुको सिफारिस आधारमा यो पुरस्कार जोशीलाई प्रदान गरिने भएको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ नगद सहित सम्मापत्र रहेको छ ।

नेपाली लोकसाहित्य र संस्कृतिको  श्रीवृद्धिमा सात  दशकदेखि  यस विधामा  निरन्तर  समर्पित भै विभिन्न  माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान गरेवापत संस्कृतिविद् जोशीलाई सो पुरस्कार प्रदान गरिने भएको प्रतिष्ठानद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा उपराष्ट्रपति कार्यालयमा साउन १ गते सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width