प्रदेशमा पहिलो पटक तेक्वान्दो ग्रेडिङ

आदर्श समाज सम्वाददाता
असार २६, २०७५

पोखरा, २५ असार । नेपाल तेक्वान्दो संघले गण्डकी प्रदेशमा तेक्वान्दो बेल्ट टेष्ट तथा ग्रेडिङ सम्पन्न गरेको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशद्वारा आयोजित उक्त बेल्ट टेष्ट तथा ग्रेडिङमा २४ जना तेक्वान्दो खेलाडीको सहभागिता थियो। तीमध्ये २ महिला थिए ।

थर्ड डानमा १५, फोर्थमा ६ र फिफ्थमा गरि २४ जना खेलाडी उत्तीर्ण भएको गण्डकी प्रदेशका सचिव रमेश पौडेलले बताए। तीनदिने प्रशिक्षणमा कास्की, पर्वत, बाग्ालुङ र म्याग्दीका खेलाडीको सहभागिता थियो।

पहिलो पटक फिफ्थ डनमा सहभागी कास्कीका अरुण माझी, रेखमाया गुरुङ र पर्वतका भरत श्रेष्ठ उत्तीर्ण भए।

फोर्थ डानमा कास्कीका मइनबहादुर गर्वुजा, राखी शर्मा, विष्णु लामा, सूर्यबहादुर राना, म्याग्दीका रामकुमार चौधरी र पर्वतका गंगाबहादुर गुरुङले उत्तीर्ण भए । उत्तीर्णलाई आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रमाणपत्र वितरण गर्दै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे। मन्त्री गुरुङले हरेक खेलका कुनै न कुनै देशको र समाजको आफ्नै पहिचान र मौलिकता झल्किने भएकाले पनि प्रदेशले पनि त्यस्ता खेलको खोजी गर्दै संरक्षण र सर्म्वर्द्धन गर्नुपर्ने बताए। उनले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिबद्ध रहेको भन्दै छिट्टै प्रदेशस्तरीय खेलकुद एकेडेमी स्थापना गर्नेतर्फ अगाडि बढेको बताए।

तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोख्रेलले संघले आफ्ना कार्यक्रमहरुलाई विकेन्द्रित गरेर लैजाने नीतिअनुरुप गण्डकीमा सो कार्यक्रम भएकोमा खुशी व्यक्त गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडीका लागि आइपर्ने समस्या आफूले गहिरो गरी बुझेको हुनाले सोही अनुरुप खेलाडीको हित र भावना माथि उठाउन प्रतिबद्ध रहेको जनाए। तेक्वान्दो संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दो खेलले सधँै देशको प्रतिष्ठा माथि उठाउने काम गरेको बताए ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य मदन केसी, प्रदेश कोषाध्यक्ष माइकल कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width