Worldlink ads

खत्रीठाँटीमा कृषि तथा पशु हाट बजार

आदर्श समाज सम्वाददाता
असार २६, २०७५

लमजुङ, २४ असार । लमजुङको एक नगरपालिकाले आफ्नै पहलमा कृषि तथा पशु हाटबजार सुरु गरेको छ । सुन्दरबजार नगरपालिकाको पहलमा सोही नगरपालिका-६ स्थित खत्रीठाँटीमा एक टहरोसमेत निर्माण गरी साप्ताहिक कृषि तथा पशु हाटबजार सुरु गरेको हो ।

पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.को अगुवाईमा उक्त हाटबजारको संचालन गरिएको हो । कृषि तथा पशु हाटबजार सञ्चालनका टहरो निर्माण गर्न लागि सुन्दरबजार नगरपालिकाले २ लाख ८० हजार लगानी गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम गिरीले बताए ।

उनका अनुसार तत्काल ७ वटा स्टल राख्न सक्ने गरी टहरो निर्माण गरिएको छ । साताको एक दिन लाग्ने उक्त हाटमा नगरपालिका क्षेत्रभित्रका सबै किसानले आफूले उत्पादन गरेको कृषि तथा पशुजन्य सामग्री विक्रीका लागि ल्याउन सक्ने छन् । यस कार्यले व्यावसायिक कृषि र पशुपालनमा विशेष प्रोत्साहन हुने विश्वास गरिएको पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.का अध्यक्ष मानसिंह गुरुङले बताए ।

उनका अनुसार सो टहरो निर्माण गर्दा ३ लाख १६ हजार खर्च भएको छ । नपुग रकम सुन्दरबजार नगरपालिकासँग माग गर्ने बजार व्यवस्थापन समितिले निर्ण्र्ाा गरेको समेत मानसिंह गुरुङले जानकारी दिए ।

उक्त हाटबजारको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले एक समारोहका विच उदघाटन गरे । उनले भने, ‘ढिलै भएपनि राम्रो काम भएको छ, यसलाई निरन्तरता दिन आवश्यक छ, यो किसानको सम्पत्ती हो ।’

उक्त समारोहमा सुआहारा लमजुङको बजार व्यवस्थापनका लागि आवश्यक ढक तराजु, क्रेटसहितका ५० हजार रुपैयाँ बराबरका सामग्री बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।

उक्त हाटमा किसानले उब्जाउ गरेका अण्डादेखि खसी बोका, भैँसी, गोरु तथा कृषि र तरकारीका सामग्री विक्रीका लागि किसानले ल्याउने प्रवन्ध गरिएको सुन्दरबजार नगरपालिका-६ का वडाध्यक्ष रघु मिश्रले बताए ।

उक्त उदघाटन कार्यक्रमका लागि पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि. र अन्नपूर्ण सहकारीले ५/५ हजार रुपैयाँ सहयोग गरेको कार्यक्रमको सभापतिसमेत रहेका पाउँदी सेरोफेरो कृषि सहकारी संस्था लि.का अध्यक्ष मानसिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त हाटबजारलाई व्यवस्थित गर्न कार्यालय र स्टोरका लागि भवन निर्माणका लागि आउँदो आवका लागि ५ लाख रुपैयाँ योजना स्वीकृत गरेको छ । सो कार्यका लागि नगरपालिकाको कृषि र पशु शाखाले आउँदो आवमा ५०/५० हजार रुपैयाको बजेट विनियोजन गरिसकेको गुरुङको भनाई छ ।

Related News

सम्बन्धित समाचार

    • बुद्धभूमि नेपाल हाइड्रोपावरले ८ लाख कित्ता शेयर जारी गर्ने

      रासस असाेज ३, २०७८
      काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।…
    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads