Worldlink ads

सञ्चार सहकारी नयाँ भवनमा

आदर्श समाज सम्वाददाता
असार २६, २०७५

पोखरा, २४ असार । पोखराको न्युरोडबाट बिगत ७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था अत्याधुनिक सेवा सुविधासहित नयाँ भवन सरेको छ । चिप्लेढुङगास्थित न्युरोडमा सहकारीले शुक्रबारबाट सेवा सुरु गरेको हो ।

अत्याधुनिक सुविधासम्पन्न कार्यालयबाट सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न सुरु गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । नयाँ भवनको प्रदेश सांसद प्रभा कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । नयाँ भवनबाट सेवा शुभारम्भका अवसरमा सहकारीले रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ  । उक्त अवसरमा १५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा बोल्दै सांसद कोइरालाले सुविधासम्पन्न भवनबाट वित्तीय सेवा प्रदान गर्नु सहकारीको राम्रो पक्ष रहेको बताइन् । सुरक्षालाई  प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् । बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाललेे स्थापनाको छोटो समयमा सञ्चार सहकारीले सहकारी क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएको धारणा राखे ।

सहकारीका अध्यक्ष विनोद ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका लिडर तीर्थ बस्नेत, पत्रकार सुरेन्द्र पौडेल, सहकारीका सचिव पवित्रराज तिवारीलगायतले बोलेका थिए । कार्यक्रममा भवन निर्माण समितिका संयोजक विनोद भुजेल र रवि आचार्यलाई सम्मान गरिएको थियो ।

सहकारीमा १ सय ५६ जना सेयर सदस्य छन् । २ करोड ७३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको कुल पुँजी करिब ८ करोड रुपैयाँ छ ।

Related News

सम्बन्धित समाचार

    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads