इनर ह्वील अन्नपूर्णको पदस्थापना

आदर्श समाज सम्वाददाता
असार २६, २०७५

पोखरा, २५ असार । इनर ह्वील क्लब अफ अन्नपूर्णको नवौं पदस्थापनामा अध्यक्ष मीना आचार्यले वर्ष २०१८/१९ का अध्यक्ष सञ्जीना न्यौपानेलाई अध्यक्ष पद हस्तान्तरण गरेकी छन्।

कार्यक्रममा संस्थापक अध्यक्ष सर्सिज पालिखेले वेल तथा हेम्मर र प्रमुख अतिथि इनर हृवील डिष्ट्रिक नेपाल ३५० का अध्यक्ष उषा क्षेत्रीले चार्टर सर्टिफिकेट, कलर माला साथै इनर हृवील पिन प्रदान गरी पदस्थापना गरे।

कार्यक्रममा अध्यक्ष मीना आचार्यले आफ्नो कार्यकालको प्रगति गतिविधि प्रस्तुत गरिन् भने आगामी वर्षकी अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालको कार्ययोजनाबारे प्रस्ट्याइन्। क्लबको उपाध्यक्ष युनिस्मा तुलाचन, सचिव सन्ध्या कुँवर, कोषाध्यक्ष भगवती बराल, सह-सचिव सरिता शर्मा, आइएसओ ज्योति उदास, सम्पादक रेणु श्रेष्ठ र बोर्ड सदस्य शारदा बराल चयन भएका।पदस्थापना समारोहमा रोटरी डिस्ट्रिक ३२९२ का डिल्लीप्रसाद शर्मा र रोटरी क्लब अफ अन्नपूर्णका अध्यक्ष सुरेश ध्वजू, इनर हृवील क्लब अफ पोखराका अध्यक्ष सञ्जु द्वा, इनर हृवील क्लब अफ मिड टाउनका अध्यक्ष सावित्री नेपाली, इनर ह्वील क्लब अफ अन्नपूर्णका संस्थापक अध्यक्ष सरासिज पालिखे,  लगायतले मन्तव्य राखेका थिए।

क्लब सचिव भगवती बरालले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष विजया कर्माचार्यले स्वागत र उपाध्यक्ष युनिस्मा तुलाचनले धन्यवाद मन्तब्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width