बाबुआमा मृत्युले बच्चाको विचल्ली

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
baby

d’:tfªsf] nf] 3]s/ bfdf]b/s’08 ufpFkflnsf–# :ofªaf]r]df z’qmaf/ ePsf] l6k/ b’3{6gfdf k/L afa’ cfdf b’j}sf] d[To’ ePkl5 ljrNnLdf k/]sf !$ jifL{o ljjz / ^ jifL{o efO{ ljz]ifg 3tL{ . t:jL/ M xl/ afF:tf]nf, kf]v/f, /f;;

पोखरा, २३ असार । ‘बाबा-आमा जाने बेलामा राम्रोसँग पढ्नू, पकाएर खानू, भाइलाई माया गर्नू भन्नुभएको थियो,’ १२ वर्षीय विवश र्घर्तीमगरले भने ।

मुस्ताङ लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भए पनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् । बाबाआमा गुमाएका ती नाबालकलाई भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको छ ।

१२ वर्षीय विवश र उनका भाइ ६ वर्षीय विशेषन र्घर्तीमगरलाई बाबुआमा मौसम र जीतमाया र्घर्तीमगरले पोखरा नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको ३ महिनाअघि रोजगारीका लागि मुस्ताङ गएका थिए ।

र्घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए ।

वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अको रोजगारीको खोजीमा र्घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रालिले जोमसोम-लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका हुन्।

कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गरे ।

बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यका लागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उनको जोड थियो ।

मैत्री चिल्डे्रेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताइन् ।

“बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उनले भने, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुने भयो ।

छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुर्बई गएका मौसम बिरामी भएपछि स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए ।

सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको ३ महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत दुर्घटनास्थल स्याङ्बोचेबाट शनिबार बिहान पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका ५ शव पोखरा पठाइएको हो। दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाडिएको थियो।

रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर २ छोराको पालनपोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा सरकार लगायत सरोकारवाला निकायले अपरिहार्य सोच्नुपर्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width