काजीपोखरी क्षेत्रमा बृहत् सरसफाइ

आदर्श समाज सम्वाददाता
असार २४, २०७५
cleaning

पोखरा, २३ असार । पोखरामा जारी बृहत् सफाइ अभियान शनिबार काजीपोखरी क्षेत्रमा सम्पन्न भएको छ।

‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११० हप्ताको कार्यक्रममा झण्डै ७ टन फोहरमैला संकलन गरिएको अभियन्ता रामजी जिसीले बताए। सरसफाइ वीरेन्द्रचोकदेखि काजीपोखरीसम्म गरिएको हो।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अभियानप्रति शुभकामना व्यक्त गर्दै फोहरमैला उठाएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

यस हप्ताको अभियानलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी, मुक्तिनाथ विकास बैंक, ओभ डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब, अभियान महिला समूह, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, मान्द्रेढुंगा युवा क्लब, जलेश्वर आमा समूह, मान्द्रेढुंगा आमा समूह, गोल्डेन फ्यूचर मावि रामबजार, कालिका बहुमुखी क्याम्पस, स्थानीय आमा समूह, टोल विकास संस्था लगायत टोलबासीहरुको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन्।

कार्यक्रममा अभियानका लागि मन्त्री बस्नेतले १० प्याकेट डिस्पोजल ग्लोब, १० थान डोको र ५ थान हँसिया अभियन्ताहरु अञ्जु केसी, गीता पौडेल र राजकुमारी थापालाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा वडा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए। आगामी १११ हप्ताको सरसफाइ अभियान केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा हुने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width