साँग्रिलाको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार २१, २०७५

पोखरा, २० असार । काठमाडौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम गरेको छ ।

काठमाडौं ४ र पिडीएसएस संस्थासँग सहकार्यमा बुधबार “सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुवाटारको क्षेत्र वरपरको सडक पेटीमा वृक्षरोपण गरिएको बंैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए।

प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सह्राहना गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा सांसद दीपक निरौला र नारायणबहादुर सिलवाल, बैंक सञ्चालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत पौडेल लगायतले वालुवाटार क्षेत्रको सडक पेटीमा वृक्षरोपण गरेको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width