युनाइटेड क्लबको छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असार २१, २०७५

पोखरा, २० असार। युनाइटेड क्लबले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रवृत्ति वितरण गरेको छ।

क्लबले आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत २ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको हो।

क्लबले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रवृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको छ।

कलेज व्यवस्थापन समिति अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लबले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथि ठूलो गुन लगाएको बताए।

क्लबले ५ वर्षअघि कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भए तापनि यो वर्ष कलेजस्तरा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुशी ब्यक्त गरे।

क्लब संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले हाल आएर छात्रवृत्ति कोष बाहेक पनि विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न पाउँदा आफूहरु निकै हषिर्त भएको बताए।

८ वर्षको अन्तरालमा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउँदा निकै खुशी लागेको बताए।

कार्यक्रममा क्लब प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक लालाकजी गुरुङले कास्कीसहित छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको जानकारी दिउ ।कालिका पब्लिक कलेजसँगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको उनले जनाए ।

क्लब महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लबका आजीवन सदस्य तथा शिक्षा उपसमिति सदस्य शिद्धिकुमार श्रेष्ठले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width