पूर्व मेयर गुरुङको स्मृति

आदर्श समाज सम्वाददाता
असार १९, २०७५

पोखरा, १८ असार। तत्कालीन पोखरा उपमहानगरपालिकाका नगर प्रमुख हर्कबहादुर गुरुङको १४ औं स्मृति दिवसमा सोमवार पोखरामा सामुहिक दीप प्रज्ज्वलन गरिएको छ। पोखरा एयरपोर्ट हर्कचोकमा रहेको गुरुङको शालिकमा पुष्पमाला अर्पण गर्दै विभिन्न महानुभावले उनको स्मरण गरे।

स्व. गुरुङकी धर्मपत्नी रत्ना गुरुङले दीप प्रज्ज्वलन गरेर उक्त कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। स्व. गुरुङको योगदान बारे प्रकाश पार्दै बाह्रबिसें पैंगीलामा परिवारका प्रमुख सल्लाहकार क्या. लालकाजी गुरुङले स्व. गुरुङले पर्वतको जिल्ला पञ्चायत सदस्य, बाह्रबिसे पैंगीलामा परिवार पोखराको संस्थापक, राप्रपा कास्कीको कोषाध्यक्ष र पोखरा उपमहानगरपालिकाको प्रमुख भई जनताको सेवा गरेको बताए।

साथै उनले नेपाल सरकारले गत वर्ष स्व. गुरुङलाई शहीद घोषणा गरेको उल्लेख गर्दै परिवारलाई भने अहिलेसम्म पनि जानकारी पत्र नआएको गुनासो व्यक्त गरेका थिए।

परिवारका अध्यक्ष गोपालबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव सव इन्स्पेक्टर कमल गुरुङले गरेका थिए।

स्मरण रहोस् २०६१ असार १८ गते बिहान ११ बजे नगरपालिका कार्यालय जान लागेका नगर प्रमुख गुरुङलाई पोखरा-७ एयरपोर्टस्थित उनकै घर अगाडि माओवादी कार्यकर्ताले गोली प्रहार गरी हत्या गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width