कास्की प्रहरी प्रमुख रानालाई स्वागत

आदर्श समाज सम्वाददाता
असार १९, २०७५
sunchadi

पोखरा, १८ असार। सुनचाँदी व्यवसायी संघ कास्कीले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई स्वागत गरेको छ।

हालैमात्र जिल्लामा सरुवा भइ आएका प्रहरी उपरीक्षक रानाले शान्तिसुरक्षालाई थप मजबुद बनाउने बताए।

त्यस अवसरमा नेपाल सूनचाँदी व्यवसायी महासंघका सदस्य दुर्गाबहादुर सुनार, चन्द्रकिशोर गौतम, बुद्विबहादुर गहतराज, संघ कास्कीका संरक्षक महेन्द्रमान गुभाजु, सदस्य दशरथ सुनारले बोलेका थिए।

संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेशमान बुद्वाचार्यले स्वागत र महासचिव मनबहादुर लाम्गादेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width