एसर्इइ परीक्षाफल सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार १०, २०७५
Capture

भक्तपुर, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसर्इइ) अर्थात कक्षा १० को परीक्षाफल शनिबार राति सार्वजनिक गरेको छ ।

नतिजाअनुसार नियमिततर्फ १४ हजार २ सय ३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १ सय ३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५ सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८ सय ७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् ।

यसैगरी ३५ हजार ५ सय ८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६ सय ८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । यसवर्ष ‘इ’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।

चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ र आंशिकतर्फ २५ हजार १ सय ३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ ८ हजार ९ सय ६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ ।

आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने २ विद्यार्थीले मात्रै जिपिए ३.२५ देखि ३.६० (ए ग्रेड) ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), १७७ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ७०२  विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), ५ हजार ८९५ विद्यार्थीले जिपिए १.६५ देखि २.०० (सि), ६ हजार ५२७ विद्यार्थीले जिपिए १.२५ देखि १.६० (डि प्लस), ३ हजार १०८ विद्यार्थीले जिपिए ०.८५ देखि १.२० (डि ग्रेड) ल्याएका छन् ।

यता प्राविधिक धारको नियमिततर्फ ५३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७ सय ६६ विद्यार्थीले ‘ए’, २ हजार ६ सय ५३ विद्यार्थीले ‘बि प्लस’, २ हजार ५ सय ८० विद्यार्थीले ‘बि’, ६ सय २९ विद्यार्थीले ‘सि प्लस’, १ सय १२ विद्यार्थीले ‘सि’, ५ विद्यार्थीले ‘डि प्लस’ ४ सय ७९ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् । प्राविधिकधारतर्फ आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बि प्लस’ र १ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार साधारण र प्राविधिकतर्फ ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन दिएपनि परीक्षामा २१ हजार ८ सय ९७ परीक्षार्थी अनुपस्थित रहेको र ४ लाख ६३ हजार ६ सय ८९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

यसवर्षको परीक्षा सञ्चालनका क्रममा परीक्षाको मर्यादाविपरीत कार्य गर्ने ९ जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको, ११ जनाको एक विषय रद्द गरि कूल २० परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिएको छ ।

केही परीक्षार्थीको उत्तरपुस्ितकामा सिम्बोल नम्बर स्पष्ट नभएको, प्रयोगात्मक अंक प्राप्त नभएका, तोकिएको जन्ममिति नपुगेका जस्ता कारणले नतिजा स्थगन गरेकाले त्यस्ता विद्यार्थी र सम्बन्धित विद्यालयले कार्यालयमा सर्म्पर्क गर्न आग्रह गरेको छ ।

कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनयोर्ग गर्नसक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय ५ सय र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको छ ।

पूरक अर्थात ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि रर्र् इ ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गरेको छ र त्यस्ता विषयमध्ये निजले चाहेको विषयमा र मूल परीक्षामा दुर्इ विषयसम्म अनुपस्थिति भएको वा दुर्इ विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षमा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

कार्यालयले आगामी साउन २३ गते बिहान ८ बजेबाट परीक्षा संचालन गर्ने व्यवस्था गरेको नियन्त्रक रेग्मीले जानकारी दिए ।

शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा व्यवस्था गरेपछि उक्त परिवर्तन भएको हो । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने संशोधित ऐनमा व्यवस्था भए पनि यसवर्षसम्म कार्यालयले परीक्षा संचालन एवं नतिजा सार्वजनिक गरेको छ । आगामी वर्षदेखि भने कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने योजना रहेको बताइएको छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेवसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३४८४९, ३१००५, ३५००१, ३४००० र ३३६२४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका लागि शिक्षा मन्त्रालयको www.moe.gov.np, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको www.doe.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा विभाग सानोठिमी भक्तपुरको www.neb.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको धधध।लभद।नयख।लउ मा लगायतमा नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width