मदरल्याण्ड र फिस्टेलबाट ६ विद्यार्थीको ४.० जिपिए

आदर्श समाज सम्वाददाता
असार १०, २०७५

पोखरा, ९ असार ।  पोखराको मदरल्याण्ड मावि र फिस्टेल एकेडेमीका गरी ६ जना परीक्षार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । हालसम्म प्राप्त जानकारी अनुसार मासबारस्थित मदरल्याण्ड माविबाट ५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका हुन् । जसमा पोखरा-१७ की वर्षा बराल, पोखरा-५ की झरना पौडेल, पोखरा-७ की कृति बराल, पोखरा-५ का प्रयास पौडेल र सर्लाही जिल्लाका रञ्जनकुमार यादवले ४.० जिपिए प्राप्त गरेको विद्यालयका संस्थापक एवं प्लस टु इञ्चार्ज नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार परीक्षामा १ सय ५० जना विद्यार्थी सम्मिलित थिए । साथै १० जनाले ३.९५ जिपिए सहित १०७ जनाले ए प्लस, ३५ जनाले ए र ८ जनाले बी प्लस जिपिए प्राप्त गरेका छन् ।

त्यस्तै, ड्यामसाइडस्थित फिस्टेल एकेडेमीबाट एसर्इइ दिएका सुशान्त रानाभाटले ४.० जिपिए प्राप्त गरेका हुन् । सिम्बोल नम्बर ०४१४३६३ ‘ए’ का रानाभाट पोखरा-१३, काहुँखोलाका हुन्।  कक्षा नर्सरीदेखि नै फिस्टेलमा अध्ययन गरेका सुशान्त कक्षामै पनि उत्कृष्ट हुँदैआएको विद्यालयका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले जनाए । उनले सो नतिजाले विद्यालय परिवार नै हषिर्त भएको बताए । फिस्टेलबाट यस वर्षको एसर्इइमा ७३ जना विद्यार्थी सम्मिलित थिए । तीमध्ये ४२ जना ए प्लस, ३१ जनाले ए ग्रेड प्राप्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width