३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस

आदर्श समाज सम्वाददाता
असार १०, २०७५

पोखरा, ९ असार । एसओएस बालग्राम गण्डकीले विविध कार्यक्रम गरी ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस मनाएको छ। बालग्रामलाई सहयोग गर्ने सहयोगदातालाई बालग्रामले सम्मान गर्‍यो।

बालग्राममा रहेर २५ वर्ष बढी सेवा गरेका कर्मचारी बुद्धिमान ठकुरी र काजिमान तामाङलाई दोसल्ला ओढाएर बालग्रामले सम्मान गरेको थियो। त्यसैगरी, बालग्राममा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा अतिरिक्ति क्रियाकलापको पुरस्कार वितरण गरेको थियो।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उनीहरुलाई सम्मान र पुरस्कार वितरण गरेका हुन्। मुल्मीले एसओएस बालग्रामले मुलुकलाई ठूलो गुण लगाएको औंल्याए। उनले एसओएस विपन्न तथा बाबुआमा नभएका बालबालिकाका लागि सुनौलो भविष्य निर्माणमा जुटेको बताए। कार्यक्रममा लेखबहादुर थापा, सहयोगी इन्द्रबहादुर गुरुङ लगायत बोलेका थिए।

एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसओएस युवालय निर्देशक प्रदीपभक्त आचार्यले स्वागत र योजना उपनिर्देशक बाबुराम बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

मानवतावादी संस्था एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्राडा हर्मन माइनर हुन्। २३ जुन अर्थात डा हर्मन माइनरको जन्मदिनलाई एसओएस किन्डर डोर्र्फ इन्टरनेशनलको छातामुनि आबद्ध सयौं संस्थाहरु तथा संसारभरका हजारौं बालबालिकाले अन्तराष्ट्रिय एसओएस बालग्राम दिवस मनाउने गरेका छन्।

द्वितीय विश्वयुद्धमा बाबुआमा गुमाएका बालबालिकाको असहज स्थितिबाट प्रभावित भई उनीहरुले गुमाएको घर परिवार जस्तै पुनः उपलब्ध गराउने उद्देश्यले डा हरमन माइनरले पहिलो पटक एसओएस बालग्रामको स्थापना गरेका थिए।

डा हरमन माइनरले विश्वमै सन् १९४९ मा अस्िट्रयाको इम्स्टमा पहिलो एसओएस बालग्रामको स्थापना गरेका थिए। ‘संसारभरिका सबै बालबालिका हाम्रा आफ्नै बालबालिकाहरु हुन्’ भन्ने उद्देश्यले एसओएस बालग्रामहरु खोलिएको हुन्छ। नेपालमा भने पहिलो पटक सन् १९७१ मा भक्तपुरको सानोठिमीमा पहिलो पटक एसओएस बालग्रामको स्थापना भएको हो। हाल नेपालमा सानोठिमी लगायत जोरापटी, काभ्रे, पोखराको गण्डकी एसओएस रामबजार, छोरेपाटन, भरतपुर, इटहरी, लुम्बिनी, सुर्खेत र धनगढी गरी १० स्थानमा एसओएस बालग्राम संचालनमा छ।

रामबजारस्थित एसओएस बालग्राम गण्डकीमा असहाय बालबालिकाका लागि १५ वटा पारिवारिक घर छन्। ती घरमा हाल १ सय ४७ जना बालबालिका बस्दै आएका छन्। एउटा पारिवारिक घरमा १२ जनासम्म बालबालिका बस्ने व्यवस्था मिलाइएको योजना निर्देशक भगतकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अप्ठ्यारोमा परेका बालबालिकालाई पूर्ण रुपमा एउटा घरको वातावरण दिइँदैआएको छ। अनाथ तथा असहाय बालबालिकाका लागि आमा, आन्टीको व्यवस्था गरिएको श्रेष्ठले बताए। बालबालिकाका लागि श्रेष्ठ स्वयं घरको ‘बा’ बन्दै आएका छन्।

एसओएस गण्डकीको विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म हाल ८ सय ८८ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ र १२ मा विज्ञान विषयमा अध्ययन अध्यापन गराउँदै आएको उपनिर्देशक बाबुराम बरालले बताए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width