सेवा केन्द्रद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
असार १०, २०७५
photo hemja 1

हेमजा, ९ असार। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शनिवार स्थानीय लामाचौतारादेखि तिव्वतीयन क्यामको भित्री सडक सरसफाइ गरिएको छ। योसँगै केन्द्रले गरेको सरसफाइ अभियान तेस्रो सातासम्म आइपुगेको छ।

वडाध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख उपस्थितिमा भएको सो कार्यक्रममा संकलित फोहर महानगरपालिकाको फोहर संकलन गर्ने गाडीमा व्यवस्थापन गरिएको थियो।

वडाध्यक्ष तिम्सिनाले आफ्नो गाउँटोल आफै सफा गर्नुपर्नेमा जोड दिए।उक्त कार्यक्रममा हेमजाका विभिन्न संघसंस्थाले पनि सघाएका थिए।

केन्द्रको वाषिर्क कार्ययोजना अनुसार आफूहरुले सरसफाइ गरेको र यसलाई निरन्तरता दिने योजना रहेको केन्द्रका सचिव दानबहादुर भुजेलले बताएका छन्।

केन्द्रकी अध्यक्ष विष्णु बास्तोलाका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रका सचिव भुजेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width