Worldlink ads

बजेटजति मन्त्रीका जिल्लामा गएको सांसदको गुनासो

आदर्श समाज सम्वाददाता
असार ७, २०७५

पोखरा, ६ असार । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथि छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे ।

काँग्रेस सांसद कृष्णचन्द्र नेपालीले नवलपुर पछाडि पार्ने गरी सरकारको बजेट आएको बताए । ‘मन्त्रीका जिल्लामा ५-७ वटासम्म पुलका योजना परेका छन् । ३० वटासम्म सडकका योजना छन्,’ उनले भने, ‘नवलपुरमा पुल खै – सडकका योजना खै ?’ उनले नारायणीको तटबन्ध गर्ने काममा सरकारले बजेट नछुट्याएकोप्रति आक्रोश ब्यक्त गरे ।

कास्की, स्याङ्जा, लमजुङ र गोरखामा मात्रै बजेट थुपारिएको सांसदहरु बताउँछन् । सत्तापक्षको भएकोले बजेटमाथि समर्थन गरे पनि योजना समानुपातिक वितरण नभएकोले व्यक्तिगत रुपमा आपत्ति रहेको माओवादी सांसद विनोद केसीले बताए । सत्तापक्ष भएकोले समर्थन गर्नै पर्‍यो तर बजेट मलाई चित्त बुझेको छैन,’ व्यङ्य गर्दै उनले भने, ‘कसैलाई चाहीँ दहीमा चिनी, कसैलाई चाहीँ पानी’नि नदिनी ?’

एमाले सांसद इन्द्रधारा विष्टले छायामा परेका विकट गाउँ वस्तीका योजना रातो किताबमा नसमेटिएको गुनासो गरे । सयौं पुल रातो किताबमा छ । तर मुस्ताङमा एउटा पुल पनि परेन,’ उनले भने, ‘बाध्यताले देब्रे हात उठाएर बजेटमा समर्थन त गरें तर बजेटबाट मुस्ताङीले राहत पाउन सकेनन् ।’

बैठकमा सांसद धनञ्जय दवाडी, दीपक कोइराला, कृष्ण थापा, हरिशरण आचार्य, इन्द्रलाल सापकोटा, ओमकला गौतम, आशा कोइराला, पियारी थापा, जूनादेवी नेपाली, विन्दुकुमार थापा, दीलमाया रोकामगर, मनकुमारी गुरुङ, कृष्णबहादुर थापा, दोबाटे विश्वकर्मा, मीना गुरुङ, राजीव पहारी लगायतले बजेट समानुपातिक हुन नसकेको बताए ।

अर्थमन्त्री किरण गुरुङले सोमबारको बैठकमा विनियोजन विधेयक पेश गरेका थिए । सरकारले पेश गरेको आगामी वर्षको बजेट विहीवार पारित गर्ने तयारी छ ।

यसैबीच, प्रदेशको खोप सेवा सञ्चालन तथा व्यवस्थापन विधेयक सर्वसम्मत रुपमा पास भएको छ । विधेयकलाई सामाजिक विकास मन्त्री नरदेवी पुनले औचित्यतामाथि प्रष्ट्याउँदै पारितका लागि सदनमा पेश गरेकी थिइन् । सोही बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापनासम्बन्धी विधेयक विधायन समितिमा छलफलका लागि पठाएको छ ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग