आज अन्तर्राष्ट्रिय योग दिवस

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
Yog diwas (1)

काठमाडौँ, ७ असार । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले समर्थन गरेका थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width