Worldlink ads

विद्युतीय तार अण्डरग्राउण्ड गरिने

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
tar

पोखरा, ६ असार । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्ड गरिने भएको छ । वडा ४ ले आफ्नो वडाभित्र रहेका तार अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने योजना प्रश्ताव गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

‘जथाभावी तार टाँग्दा शहर नै कुरुप भैसक्यो । यसलाई व्यवस्थापन गर्ने तयारी हाम्रो वडाले गरेको छ,’ उनले भने, ‘आगामी वर्षका लागि काम गर्न तीन करोड माग गरेका छौं । बजेट आउने वित्तिकै अण्डरग्राउण्डको काम शुरु हुन्छ ।’ पहिलो चरणमा ३ किलोमिटर क्षेत्रभित्रका तारलाई अण्डरग्राउण्ड गर्ने र त्यसपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बास्तोलाले बताए ।

योजना छनौट भैसकेकोले प्राथमिकताका साथ महानगरबाट कार्यान्वयन हुने गरी अण्डरग्राउण्ड गर्ने बजेट माग गरिएको उनको भनाइ छ । तार व्यवस्थित गर्नका लागि यसअघि नै वडा कार्यालयले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय पनि गरिसकेको छ । पोखरामा विद्युतीय तारकै कारण पटक-पटक मान्छेको ज्यान समेत जाने गरेको छ । पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार विद्युतीय तार अण्डरग्राउण्ड पहिलो कार्यक्रम हुने वडाध्यक्ष बास्तोला बताउँछन् । ‘गफ गरेर स्मार्ट सिटी बन्दैन । त्यसका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसको शुरुवात वडा ४ ले गर्छ । तार लुकाएर स्मार्ट सिटी अभियानको थालनी हुन्छ ।’

विद्युतीय तार अण्डरग्राउण्ड गर्ने विषय धेरै पटक चर्चामा आए पनि अहिलेसम्म कसैले योजना बनाउन सकेका थिएनन् । वडा ४ ले पहिलो पटक महानगरसँग तारलाई भूमिगत गर्नका लागि बजेट माग गरेको हो । प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • महिलाहरुको लागि चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले…
    • पोखरा घुम्ने बहाना

      विजय नेपाल मंसिर १८, २०७८
      पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको…
    • एसियन फोरमको अन्तक्र्रिया

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास…
    • रोस्टर प्रशिक्षक प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षकका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । तालिम केन्द्र दमौलीको…
    • लागु औषधसहित २ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १७, २०७८
      पोखरा । लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग