Worldlink ads

योग दिवसमा प्रभातफेरी

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
Yog diwas (1)

पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा पोखरामा बुधबार प्रभातफेरी गरियो ।

पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन मानवअधिकारचोक चिप्लेढुंगादेखि न्यूरोड, सभागृहचोकहुँदै सिर्जनाचोकसम्म प्रभातफेरी गरेको हो । समिति अध्यक्ष दीपकराज सिग्देलले विहीबार बिहान ह्वाइटहाउस पार्टीप्यालेसमा निःशुल्क योग कक्षा सञ्चालन गर्ने जनाए । समिति सचिव विश्वमणि तिवारीले कार्यक्रममा सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गरे। योग विभिन्न विधा माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्बन गर्न सबैमा अनुरोध गरिएको छ।

संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखलाई दिवस मनाउने निर्णय गरेको थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग